Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • पार्टीभित्र सबैलाई समेटेर लैजाने सभापति देउवाको प्रतिबद्दता

    पार्टीभित्र सबैलाई समेटेर लैजाने सभापति देउवाको प्रतिबद्दता

    अनलाइन नेपाल
  • शनिबार, १० पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबैलाई समेटेर लैजाने बताएका छन् ।

    शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै  सभापति देउवाले  पार्टीभित्र सबैको भावनालाई सम्बोधन हुने बताए ।



    प्रधानमन्त्री समेत रहेका सभापति देउवाले काँग्रेस जनतासँग भिजेको पार्टी भएको बताउँदै स्थानीय र सबै चुनावमा पार्टीलाई ठूलो बनाउने दाबी समेत गरे ।



    ‘हाम्रो पार्टी जनतासँग भिजेको पार्टी हो, स्थानीय र सबै चुनावमा पार्टी ठूलो बन्नुछ, देउवाले भने, ‘काङ्ग्रेस प्रजातान्त्रिक पार्टी हो,  यस्तो अभ्यास गर्ने अरु पार्टी छ जस्तो लाग्दैन ।’

    गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न १४औंँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र निर्वाचित् सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार