Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कांग्रेसका आठ सहमहामन्त्रीमध्ये छ वटामा देउवा पक्षको वर्चश्व, को-को निर्वाचित भए ?

    कांग्रेसका आठ सहमहामन्त्रीमध्ये छ वटामा देउवा पक्षको वर्चश्व, को-को निर्वाचित भए ?

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा सभापति शेरबहादुर देउवा पक्षको वर्चश्व कायम रहेको छ ।

    पार्टीको १४ औं महाधिवेशनमा उपसभापति र महामन्त्रीमा मिश्रित परिणाम आएका बेला आठ सहमहामन्त्रीमध्ये ६ वटामा देउवा पक्षले बर्चश्वको कायम गरेको हो।



    केन्द्रीय निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको अन्तिम मतपरिणाममा डा. शेखर कोइराला पक्षबाट सहमहामन्त्रीमा दुई जना निर्वाचित भएका छन् ।



    सहमहामन्त्रीको मतगणना बिहीबार साँझदेखि सुरु भएको थियो । बिहीबार महिला, आदिवासी जनजाति र दलिततर्फको मतगणना सकिएको थियो । जसमा देउवा पक्षबाट महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङ्देम्बे र कोइराला पक्षबाट जीवन परियार निर्वाचित भएका थिए ।

    बाँकी पाँच सहमहामन्त्री पदमा शुक्रबार विहानदेखि जारी मतगणनामा चारमा देउवा पक्ष र एकमा कोइराला पक्षका उम्मेदवार विजयी भएका छन् ।

    शुक्रबार साँझ प्राप्त मतपरिणामअनुसार मधेसीतर्फ महेन्द्र यादव, मुश्लिमतर्फ फरमुल्ला मन्सुर, खस/आर्यतर्फ किशोर राठौर, थारुतर्फ उमाकान्त चौधरी निर्वाचित भए । यी सबै देउवा समूहका हुन् ।

    त्यसैगरी पिछडिएको क्षेत्रतर्फ कोइराला पक्षका बद्री पाण्डे निर्वाचित भए । उनले देउवा पक्षका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार