Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस महाधिवेशनको बन्दसत्र शुरु, पौडेल पक्ष गएनन्

काठमाडौं । नेपाली कांग्रेसको बन्दसत्र सुरु भएको छ । केहीबेर अघिदेखि बन्दसत्र राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो ।

बन्दसत्रमा हालसम्म वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु पुगेका छैनन्। समूहबाट सभापतिको साझा उम्मेदवार बनाउन सो समूहका शीर्ष नेता केन्द्रीय सदस्यहरु भने बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा छलफलरत छन्।

कांग्रेसको बन्दसत्रमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन अधिकार छ। बन्दसत्रमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखा सम्बन्धि प्रतिनिधि र विधानका बाधा अड्काउ फुकाउ प्रस्ताव पेस हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077