Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पौडेल समूहको अन्तिम कसरत पनि असफल

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्न बसेको संस्थापनइतर समूहको बैठकमा सहमति हुन सकेन।

नेताहरु आफ्नो अडानबाट पछि नहटेपछि सहमति हुन नसकेको हो। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट शेखर कोइराला, प्रकाशमान सिंह, शशांक कोइराला र पौडेल स्वय सभापतिको दोबदार हुन्।

तर साझा सभापतिका लागि पौडेल र शशांक त्याग गर्न तयार भए पनि शेखर र प्रकाशमान सहमति आउन नसकेको बताइएको छ। महाधिवेशको उद्घाटनपछि साझा उम्मेदवार तय गर्न अनुपम फुडल्याण्डमा बसेको बैठक पनि बिना निष्कर्ष सकिएको छ।

यस्तै बैठकबाट बाहिरिने क्रममा महामन्त्री डा. शशांक कोइरालाले प्रयास जारी रहेपनि अहिलेसम्म सहमति जुट्न नसकेको बताएका छन्। संस्थापन समूहबाट वर्तमान सभापति शेरबहादुर देउवा नै सभापतिका एक्ला दावेदार देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077