Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नाइजेरियाको मस्जिदमा प्रार्थना गरिरहेका १६ जनाको हत्या

एजेन्सी । नाइजेरियाको मध्य राज्य नाइजरमा रहेको एक मस्जिदमा बन्दुकधारीहरुले गरेको अन्धाधुन्ध आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार पुष्टि गरेको छ । स्थानीय बासिन्दाले भने आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको बताएका छन् ।

यस आक्रमणको कारण तत्काल थाह हुन सकेको छैन । स्थानीय स्तरमा ‘ब्यान्डिट्स’ भनेर चिनिने अपराधीहरूको गिरोहले उत्तरपश्चिम र मध्य नाइजेरियाका समुदायहरूलाई वर्षौंदेखि आतङ्कित पार्दै आएकोले यसमा पनि उनीहरूको संलग्नता रहेको हुनसक्ने आशङ्का गरिएको छ ।

स्थानीय प्रहरी प्रमुख मण्डे बाला कुर्यासले भने, “मोटरसाइकलमा भारी सशस्त्र मानिसहरूले माशेगु जिल्लाको दुर्गम बाको गाउँमा उपासकहरूले प्रार्थना गरिरहेको बेला बुधबार मस्जिदमा आक्रमण गरेका हुन् । आक्रमणकारीहरूले मस्जिदभित्र नौ मुस्लिम उपासकहरूको हत्या गरे र अरू केही घाइते भए।”

घटनापछि घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ भने प्रहरी र नागरिक सुरक्षा अर्धसैनिक कर्मचारीहरूको संयुक्त टोली त्यस क्षेत्रमा खटाइएको एक प्रहरी अधिकृतले बताए ।

आक्रमणपछि मस्जिदबाट १६ वटा शव सङ्कलन गरेको स्थानीयवासी अमादु हमिसुले बताए । “मस्जिदमा प्रार्थना गरिरहेका जम्मा १६ जनाको मृत्यु भएको छ । हामीले उनीहरूको लास मस्जिदबाट निकालेका छौं,” हमिसुले एएफपीसँग भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077