Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

देउवा झनै बलियो, सभापतिका दाबेदार श्रेष्ठको पनि समर्थन

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले सभापतिमा शेरबहादुर देउवालाई सघाउने बताएका छन्। देउवा समूहकै नेता श्रेष्ठले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका थिए।

हाल आएर उनले आफूले सभापतिको दाबी छाडेको बताएका छन्। शनिबार (आज) बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु हुँदैछ।

देउवाले सभापतिमा दोहोरिन चाहेपछि संस्थापन समूहमा पूर्व उपसभापति श्रेष्ठ र उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए। श्रेष्ठले देउवालाई समर्थन जनाउने भएपनि निधि भने उम्मेदवारी दर्ताको तयारीमा छन्।

श्रेष्ठले आफूहरुले जित्नुपर्ने बताएका छन्। उनले अब केमा उम्मेदवारी दिने भनेर छलफल गरिरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077