Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पौडेल समूह फेरि छलफलमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन जारी छ। नेतृत्व चयनको प्रक्रिया आजबाट शुरु हँदैछ।

महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता सुरु हुन केही समय मात्र बाँकी हुँदा पनि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षले आफ्ना तर्फबाट एक मात्र सभापतिको उम्मेदवार बनाउने विषयमा सहमति जुटाउन सकेको छैन। तर प्रयास जारी राखेको छ।

यही विषयमा छलफल गर्न अहिले बिहान पौडेल निवास (बोहराटार) मा पौडेल पक्षका केन्द्रीय सदस्यहरूबीच बैठक हुँदै छ।

शुक्रबार राितको बैठकपछि नेता शेखर कोइरालाले सभापतिका चार दाबेदारबाट २ मा झरे पनि अझै सहमति नभएको बताएका थिए भने आज शनिबार बिहानसम्म सभापति पदमा एक जना मात्र सभापतिका उम्मेदवार बनाउने विषयमा सहमित हुने विश्वास पनि व्यक्त गरेका थिए।

इतर समूहमा रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह सभापतिका दाबेदार हुन्।

पौडेल निवास बोहोराटारमा बसेको इतर समूहका नेताहरुको बैठकले सभापति शेरबहादुर देउवालाई बिदा गर्न पौडेललाई साझा उम्मेदवार बनाउने निष्कर्ष निकालेको थियो। तर उक्त निष्कर्ष पनि अनुपम फुडल्यान्ड पुगेपछि अलपत्र परेको हो।

युवा नेता र कार्यकर्ताले पनि साझा उम्मेदवारका लागि दबाब दिइरहेका छन्। तर अन्तिम समयमा नेताहरुबीच सहमित हुने सम्भावना न्यून रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077