Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • तीन महिनापछि प्रशिक्षक पायो नेपाली क्रिकेट टिमले, पुबुदुलाई दोस्रो पटक नियुक्त

    तीन महिनापछि प्रशिक्षक पायो नेपाली क्रिकेट टिमले, पुबुदुलाई दोस्रो पटक नियुक्त

    अनलाइन नेपाल
  • शनिबार, २५ मंसिर २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदु दसानायकेलाई दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त गरेको छ ।

    बोर्ड मिटिङले शनिबार पुबुदुलाई प्रशिक्षकमा अनुमोदन गरेको क्यानले जनाएको छ । पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी–२० विश्वकप खेलेको थियो ।



    गत सेप्टेम्बरमा डेभ वाटमोरले राजीनामा दिएपछि प्रशिक्षकविहीन रहेको नेपाली क्रिकेट टिमले करीब तीन महिनापछि नयाँ मुख्य प्रशिक्षक पाएको हो ।



    क्यानले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गरेकोमा ६० जनाले आवेदन दिएका थिए । जसमध्ये १५ जना सर्टलिस्ट गरेको क्यानले अन्तिम चरणमा पाँच जनाको अन्तर्वार्ता लिएको थियो । त्यसमध्ये क्यानडाका पुबुदुसँगै भारतका मोन्टी देसाइ प्रशिक्षकको होडमा अघि थिए ।

    तर अन्तिममा क्यानले पुबुदुलाई नै फेरि नेपालको प्रशिक्षक चयन गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार