Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पारस खड्काद्वारा बागमती प्रदेश अध्यक्षमा उम्मेद्‍वारीको घोषणा

    पारस खड्काद्वारा बागमती प्रदेश अध्यक्षमा उम्मेद्‍वारीको घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 2K
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्‍वारी घोषणा गरेका छन् ।

    काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले बागमतीका ४ जिल्लाको समर्थनसहित बागमती प्रदेश अध्यक्षमा उठ्न लागेको घोषणा गरे । उनी काठमाडौं जिल्ला क्रिकेट संघका कार्य समिति सदस्य हुन् ।



    पारसलाई काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षहरुले समर्थन गर्ने घोषणा गरेका छन् । प्रदेश संरचनालाई कसरी बलियो बनाउने भन्ने सन्दर्भमा छलफल गर्दा अहिलेका महत्वपूर्ण व्यक्ति खड्का भएको र उनमा लिडरसिप क्षमता पनि भएकाले उनलाई प्रदेश अध्यक्षमा अघि बढाउन आफूहरु सहमति भएको भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष मनिषराज पाण्डेले बताए ।



    उनीहरुबीच उपाध्यक्षमा मकवानपुर, सचिवमा ललितपुर र कोषाध्यक्षमा भक्तपुर जिल्ला क्रिकेट संघले तोकेका व्यक्तिलाई सहयोग गर्ने सहमति पनि भएको छ ।

    काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घलेले पारसलाई अध्यक्षको रुपमा अघि सारेको बताउँदै बागमती प्रदेशका बाँकी जिल्ललाई पनि पारसलाई नै समर्थन गर्न आग्रह गरे । बागमती प्रदेशमा चितवन र नुवाकोटमा पनि क्रिकेट संघ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार