Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाल क्रिकेट संघको सचिवमा पारस निर्वाचित

    नेपाल क्रिकेट संघको सचिवमा पारस निर्वाचित

    अनलाइन नेपाल
  • शनिबार, ६ असोज २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा पारस खड्का विजयी भएका छन् ।

    प्रतिस्पर्धी प्रशान्तविक्रम मल्ललाई पछि पार्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान खड्का सचिव पदमा विजयी भएका हुन् ।



    क्यानको निर्वाचनमा भएको मतदानमा कुल ८५ मत खसेको थियो ।



    जसमध्ये खड्काले ४८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी मल्लले ३७ मत पाएका छन् । खड्काले ११ मतान्तरले विजयी भएका हुन् ।

    क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भइसकेका छन् ।

    क्यानको उपाध्यक्षमा रोशनकुमार सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्तीदेवी भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार