Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • क्यानका सचिव पारस खड्काले भने – सन्दीपसँग छलफलमा छौं, प्रतियोगितामा फर्किने आशा छ

    क्यानका सचिव पारस खड्काले भने – सन्दीपसँग छलफलमा छौं, प्रतियोगितामा फर्किने आशा छ

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले त्रिदेशीय सिरिजमा स्पिनर सन्दीप लामिछाने अनुपस्थित रहने बताएका छन् ।

    नेपाल, यूएई र हङकङबीच भोलिबाट सुरु हुने त्रिदेशीय टी-२० सिरिजको पूर्वसन्ध्यामा क्रिकेट संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव खड्काले यस्तो बताअएका हुन् ।



    सचिव पारसले भने, ‘सन्दीपसँग निरन्तर कुराकानी भइरहेको छ । उहाँले योपाली परिवारसँग समय बिताउने इच्छा व्यक्त गर्नुभएपछि हामीले नकार्न सकेनौं । यो प्रतियोगितापछि उहाँ टिममा फर्किनुहुने आशा लिएका छौं । हामीले मात्र नभएर क्रिकेटसँग सरोकार राख्ने सबैले आशा राखेका छन् ।’



    सचिव खड्काले सन्दीपसँग आफूहरु छलफलमा रहेको बताए । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले सन्दीपको अनुपस्थितले टिममा असर गर्ने बताए ।

    त्यस्तै, सचिव खड्काले घरेलु मैदानमा हुने त्रिदेशीय सिरिजले टी-२० विश्वकपको छनोट प्रतियोगिताको तयारीमा नेपाललाई फाइदा मिल्ने विश्वास व्यक्त गरेका छन् । उनले यो प्रतियोगितालाई उदाहरणीय बनाउन प्रयास गर्ने पनि बताए ।

    पहिलोपटक मुलपानी मैदानमा टी-२० खेलाउन लागिएको र सबै तयारी भइसकेको उनले जानकारी दिए । उनले प्रतियोगितामा नेपाललाई समर्थन गर्न दर्शकहरुलाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार