Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पारस खड्का भन्छन् – अब ममाथि नै प्रश्न उठ्छन्, मैले काम गरेर देखाउनुपर्ने छ

    पारस खड्का भन्छन् – अब ममाथि नै प्रश्न उठ्छन्, मैले काम गरेर देखाउनुपर्ने छ

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । बागमती प्रदेश क्रिकेट संघका नवनिर्वाचित अध्यक्ष पारस खड्काले यसअघि क्रिकेटमा आफैंले उठाउँदै आएको परिवर्तनको प्रश्न अब आफैंमाथि उठ्ने बताएका छन् ।

    ललितपुरस्थित धोबीघाटमा शुक्रवार भएको दोस्रो साधारणसभा तथा निर्वाचनबाट प्यानलसहित विजयी भएपछि पारसले यस्तो बताएका हुन् ।



    ‘नेपाल क्रिकेट संघमा काम गर्नसक्ने व्यक्तित्वहरुको संगठन बनाउने मेरो चाहना छ,’ खड्काले भने, ‘मैले क्रिकेट सिस्टम भएन भनेर प्रश्न गर्दै आएको थिएँ, अब त्यो प्रश्न मैतर्फ आजको दिनबाट आउनेछ। मैले कामबाटै यो देखाउनुपर्ने छ।’



    यस्तै पारसले पहिलोपटक यसरी निर्वाचनमा भाग लिएको उल्लेख गर्दै दुई दशकदेखि क्रिकेट खेले पनि निर्वाचनमा जाँदा केही फरक अनुभूति भएको बताए । पूर्वकप्तान पारसले निकटम प्रतिस्पर्धी चितवनका उमेश पियालाई ९ मतले पराजित गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार