Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अदालतको फैसलापछि मात्रै क्यानले सन्दीपबारे औपचारिक निर्णय गर्ने

    अदालतको फैसलापछि मात्रै क्यानले सन्दीपबारे औपचारिक निर्णय गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 765
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेबारे २५ पुसपछि मात्र धारणा सार्वजनिक गर्ने भएको छ ।

    क्यान सचिव पारस खड्काले सन्दीपलाई हुने कैद सजायपछि मात्र उनी राष्ट्रिय टीममा रहने र नरहनेबारे औपचारिक धारणा सार्वजनिक हुने बताएका हुन् ।



    बलात्कारको मुद्दामा दोषी ठहर भएका लामिछानेको सजाय तोक्न २५ पुसमा पेशी तोकिएको छ ।



    क्यानका सचिव खड्काले सन्दीपबारे त्यसपछि मात्र क्यानले आफ्नो धारणा सार्वजनिक गर्ने बताए।

    जिल्ला अदालत काठमाडौंले बलात्कारमा दोषी ठहर्‍याएको थियो । पुस २५ गते सन्दीपमाथि हुने कैद सजाय सुनाउँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार