Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपाल ‘ए’ र क्यानडा-११ बीच हुने एकदिवसीयको तालिका सार्वजनिक

    नेपाल ‘ए’ र क्यानडा-११ बीच हुने एकदिवसीयको तालिका सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 612
    SHARES

    काठमाडौं । नेपाली क्रिकेटको टीम ‘ए’ ले क्यानडासँग एकदिवसीय शृङ्खला खेल्ने भएको छ।

    नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार ३ खेलको सिरिज आइतबारदेखि मूलपानी क्रिकेट मैदानमा हुने छ । सिरिजको पहिलो खेल आइतबार, दोस्रो खेल मंगलबार र तेस्रो खेल बिहीबार हुनेछ।



    क्यानले बुधबार विनोद भण्डारीको कप्तानीमा नेपालको ए टिम घोषणा गरेको थियो। टोलीको प्रशिक्षकमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र कलाम अली छन्।



    पहिलो पटक बनेको नेपाल ए प्रधानमन्त्री कप क्रिकेटमा राम्रो प्रदर्शन गरेका तथा अन्डर नाइन्टिन र राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरू छन् ।

    क्यानडाको टोली अहिले काठमाडौं रहेको छ । नेपालसँग एक दिवसीय शृङ्खला खेलेको क्यानडाको टोलीले नै नेपाल ‘ए’ सँग मैत्रीपूर्ण शृङ्खला खेल्न लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार