Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • श्रीलंका भ्रमण: पवन र दिपेन्द्र चम्किँदा नेपालको लगातार दोस्रो जित

    श्रीलंका भ्रमण: पवन र दिपेन्द्र चम्किँदा नेपालको लगातार दोस्रो जित

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो दोश्रो ‘प्राक्टिस म्याच’मा पनि उत्कृष्ट जित हाँसिल गरेको छ।

    यसअघि पहिलो खेम १११ रनले बिजयी भएको नेपालले आफ्नो दोस्रो खेलमा पनि श्रीलंका नेभीलाई ८१ रनले पराजित गर्दै लगातार दोस्रो जित हाँसिल गरेको हो।



    मंगलबारको खेलमा नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका नेभीले निर्धारित ५० ओभरको खेलमा मात्र ३०.५ ओभरमा आफ्ना सबै विकेट गुमाउंदै मात्र ११५ रनमै समेटियो /



    नेपालको बलिंगमा अफ स्पिनर पवन सर्राफले सर्वाधिक ३ विकेट लिए भने दिपेन्द्र ऐरीले २ विकेट लिए। यस्तै, बिक्रम सोब, सन्दिप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट लिए।

    यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले ४३.४ ओभरमा सबै विकेट गुमाएर १९६ रन बनाएको थियो। खराब सुरुवात गरेको नेपालको सुरुवाती ३० रन जोड्दा महत्वपूर्ण विकेट गुमाएको थियो ।

    नेपालको इनिङलाई उकास्ने क्रममा दिपेन्द्र ऐरीले पवन सर्राफसंग अर्धशतकीय साझेदारी गरे । जसमा पवन सर्राफ २२ रन बनाउंदा ऐरीले ६३ रनको उत्कृष्ट पारी खेले।

    नेपालले भ्रमणमा ४ वटा अभ्यास खेल खेल्नेछ । यस पछि मार्च १० तारिख ( बिहिबार ) श्रीलंका पुलिस तथा मार्च ११ तारिख ( शुक्रबार ) मिश्रित श्रीलंकन प्रथम श्रेणी खेलाडीहरुको टिमसंग खेल्ने तालिका छ।

    श्रीलंका भ्रमण सकिएपछि नेपाली टिम मार्च १४ तारिखमा युएई प्रस्थान गर्ने तालिका छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार