Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • नेपाल र जिम्बावेबीचको पहिलो खेल नै रोकियो

    नेपाल र जिम्बावेबीचको पहिलो खेल नै रोकियो

    अनलाइन नेपाल
  • शनिबार, १७ बैशाख २०७९
  • 1.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र जिम्बावे ‘ए’ बीचको पहिलो एकदिवसीय खेल स्थगित भएको छ ।

    टियु क्रिकेट मैदानमा हुने खेल वर्षाका कारण टस हुन नसकेपछि स्थगित भएको हो । आजको खेल अर्को दिन हुने क्यानले जनाएको छ । तर, कुन दिन खेलाउने भनेर मिति भने तोकेको छैन ।



    आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने सिरिजको तयारि स्वरुप आयोजना गरिएको सिरिजमा नेपालले जिम्बावे ‘ए’ सँग तीन एकदिवसिय र तीन टी–२० खेल खेल्नेछ ।



    जिम्बावेविरुद्ध नेपाली टिममा आसिफ शेख, देभ खनाल, दिपेन्द्र सिंह ऐरी, रोहित पौड्यल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोभ, किशोर महत्व, सुनिल धमला, शुसन भारी र आदिल अन्सारी रहेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार