Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • देउवा र कोइराला प्यानलको चर्चापछि सिंहको टिममा परे शर्मा

    देउवा र कोइराला प्यानलको चर्चापछि सिंहको टिममा परे शर्मा

    अनलाइन नेपाल
  • शनिबार, २५ मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री समेत रहेका वर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइराला दुवैमा प्यानलमा नपरेका विश्वप्रकाश शर्माले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् ।

    उम्मेदवारी दर्ताका लागि राष्ट्रियसभा गृह प्रवेश गर्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शर्माले उम्मेदवारी दर्तापछि मात्रै प्यानलको बारेमा बताउने जानकारी दिएका छन् ।



    आज दिउसोसम्म पनि शर्मा दुवै समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने चर्चा रहेको थियो । कृष्णप्रसाद सिटौलासँग देउवाले गठबन्धन गरेपछि असन्तुष्ट रहेका शर्माको शेखर कोइरालाको प्यानलबाट महामन्त्री बन्ने चर्चा सुरु भएको थियो ।



    तर, कोइराला प्यानलमा पनि नपरेपछि अन्ततः शर्माले प्रकाशमान सिंहको टिमबाट महामन्त्रीको उम्मेदवारी दर्ता गराएका हुन् । सिंहको प्यानलबाट महामन्त्रीको चर्चामा रहेका मिनेन्द्र रिजालले उपसभापति बन्न अस्वीकार गरेपछि शर्माको नाम काटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार