Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

२ महामन्त्रीका लागि ६ चर्चित युवा नेताको भिडन्त : कसको प्यानल सबैभन्दा बलियो ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति, उपसभापति र महामन्त्रीमा ६–६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

नेपाली कांग्रेस निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय सकिन लाग्दा (पौने ५ बजे) दिएको जानकारी अनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि, युवराज न्यौपाने र कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी उपसभापति पदमा पनि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । उपसभापति पदमा पुर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्री साहले उम्मेदवारी दर्ता गराएका छन् ।

महामन्त्री पदमा डा मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, राजाराम कार्की र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।

कांग्रेस महामन्त्री रेसमा रहेका युवा नेताहरु पछिल्ला समय चर्चामा रहेका नेताहरु हुन्। कांग्रेसलाई गति दिन सक्ने नेताका रुपमा आशा गरिएका उनीहरुको महामन्त्री पदमा भिडन्त हुने भएको छ।

रिजाल र थापाले कोइराला समूहबाट उम्मेदवारी दिएका हुन्। पौडेल सिटौला समूहका भए पनि देउवासँग कुरो मिलेपछि महतसँगै संस्थापन समूहको महामन्त्रीका उम्मेदवार बनेका हुन्। त्यस्तै कार्कीले भने प्यानलबिना उम्मेदवारी दर्ता गराएका हुन्।

सभापतिमा देउवा बलियो उम्मेदवार हुन्। संस्थापन इतर तितर बितर भएपछि उनको सम्भावना झनै बलियो भएको छ। न्यौपाने र गुरुङ त्यति लोकप्रिय मानिँदैनन्।
देउवापछि कोइरालाई बलियो उम्मेदवार मानिएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको साथ उनैलाई रहने अनुमान गरिएको छ।

महामन्त्रीमा प्यानलका हिसाबले हेर्दा प्रवक्ता शर्मा केही कमजोर देखिएका छन्। पौडेल र महत बलिया दाबेदार बनेकाक छन्। थापा र रिजाल प्यानलभन्दा व्यक्तिरुपमा बलिया उम्मेदवारका रुपमा चिनिएका छन्।

सहमहामन्त्री पदमा भने १२ जनाको उम्मेदवारी परेको छ । जसमा किशोर सिंह राठोर, रञ्जित कर्ण, जीवन परियार, वद्री पाण्डे, फरमुल्लाह मन्सुर, मान वहादुर विक, सुरेन्द्र चौधरी, देवराज चालिसे, विकास लामा, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077