Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस सभापतिहरुका उम्मेदवारहरुको समर्थक र प्रस्तावकमा को–को छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीको कमाण्ड हाँक्नका लागि ६ नेताले उम्मेदवारी दिए।

सभापतिका उम्मेदवारहरुमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपाने रहेका छन्।

सभापति पदमा उम्मेदवारी दिएका देउवाको प्रस्तावकमा कृष्णप्रसाद सिटौला, बालकृष्ण खाण, मीन विश्वकर्मा, अजय चौरसिया, बहादुर सिंह, भीमसेन दास प्रधान र चित्रलेखा यादव छन्। यस्तै, समर्थकमा गोपालमान श्रेष्ठ, रमेश रिजाल, जीवनबहादुर शाही, गोविन्द परियार, अम्बिका बस्नेत, जगतबहादुर तामाङ र मुख्तार अहमद छन्।

त्यस्तै कोइरालाले दर्ता गराएको मनोनयन पत्रमा समर्थकका रुपमा अमरसिंह पुन, गुरुराज घिमिरे, विनोद बान्तावा, अर्जुन कुमार पोखरेल, केदार भण्डारी, रामकृष्ण यादव र चतुरबहादुर चन्द छन्। समर्थकमा भने डिगबहादुर, अर्जुनबहादुर तुम्बाहाम्फे, शुक्रराज शर्मा, सुरेशराज आचार्य, रत्ना शेरचन, अब्दुल कलाम र भुपेन्द्रजङ्ग शाही छन्।

यस्तै, प्रकाशमान सिंहको उम्मेदवारीमा समर्थकहरु कृष्ण बानियाँ, दिव्यमणि राजभण्डारी, प्रभातकुमार दाहाल, छिरिङदोर्जे लामा, कञ्चनचन्द्र, दीर्घबहादुर केसी र दिपेन्द्रकुमार श्रेष्ठ छन्। समर्थकमा जितेन्द्रकुमार श्रेष्ठ, हरिप्रभा खड्गी, राजेन्द्रकुमार केसी, मिथिलेशकुमार मिश्र, गीता सत्याल, चेतबहादुर मगर र नवीन राई छन्।

यसैगरी विमलेन्द्र निधिको उम्मेदवारीको प्रस्तावकमा रामसरोज यादव, खिलानाथ, पोषनाथ शर्मा, भगिरथ पोद्दार, मिनाक्षी झा, मोहम्मद शोएब, कृष्णकुमारी शाही छन् भने समर्थकमा महेशशंकर गिरी, राजनकाजी खाती, कपिलदेव साह, देवकी नेपाली, सम्वर्धन तामाङ, सञ्जयकुमार गुप्ता र ध्रुवप्रसाद पौडेल छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077