Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस सभापतिमा ६ जनाको उम्मेदवारी, को बलियो ? यस्तो छ दलबल

काठमाडौं । नेपाली कांग्रेसको भावि सभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ता गराउनेहरुमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपाने रहेका छन्।

६ जनाको उम्मेदवारी परेपनि सभापतिमा चार शीर्ष नेताहरुबीच टकराव हुने भएको छ। बहालबाला सभापति तथा प्रधानमन्त्री देउवा सभापतिमा दोहोरिन चाहेका छन् भने उनलाई कोइराला, विमलेन्द्र निधी र प्रकाशमान सिंहले चुनौति दिएका हुन्।

देउवा र कोइरालाले प्यानलसहित चुनाल लड्दैछन्। मुख्य प्रतिस्पर्धा उनीहरुबीच नै हुने आँकलन गरिएको छ। निधीले प्यानलबिना नै सभापतिमा उम्मेदवारी दर्ता गरेका छन्। यस्तै, सिंहले एक उपसभापति र एक महामन्त्रीको टिम बनाएका छन्।

देउवाको प्यालमा पुराना अनुहारहरु धेरै छन्। उपसभापतिमा उनले पूर्णबहादुर खड्का र डा. विजय गच्छेदारलाई अघि सारेका छन्। यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदिप पौडेल उनको प्यानलमा समेटिएका छन्। युवा नेता प्रदीप पौडेल सिटौला समुहको तर्फबाट देउवा प्यानलमा मिसिएका हुन्।

कोइरालाको प्यानलमा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समावेश गरिएको छ। यस्तै महामन्त्रीमा मिनेन्द्र रिजाल र गगनकुमार थापा छन्।

प्रकाशमानले आफ्नो प्यानलबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्मालाई उभ्याएका छन्। शर्माले देउवाको प्यानलमा स्थान नपाएपछि सिंहको प्यानलमा खडा भएका हुन्।

दुई उम्मेदवार गुरुङ र न्यौपानेले प्यानलबिना सभापतिमा दाबी गरेका छन्। उनीहरुले कांग्रेसमा परिवर्तन चाहिएको र त्यो परिवर्तन हालका शीर्ष नेताबाट नहुने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077