Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शंकर पोखरेलाई फापेको राजनीति : आफू महासचिव, श्रीमती पोलिटब्यूरो, बहिनी केन्द्रीय सदस्य

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलका लागि एमालेको राजनीति निकै फापेको छ। एमालेको नेतृत्व तहमा उनको परिवारको राम्रो उपस्थति रहेको छ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेल एमालेका महासचिव बने। उनकी पत्नी सुजिता शाक्यलाई एमाले पोलिटब्युरो सदस्य बनाइएको छ भने बहिनी मेनका पोखरेल केन्द्रीय सदस्य बनेकी छिन्।

एमालेले आइतवार छानेको पोलिटब्युरो सदस्यमा शाक्य पनि परेकी हुन्। उनी चितवनमा भएको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।

त्यसैगरी महासचिव पोखरेलकी बहिनी मेनका त्रिविअन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन गराउँछिन्। केही समय अघि समपन्न एमालेको महाधिवेशनमा लुम्बिनी प्रदेशबाट ७ जना पदाधिकारी निर्वाचित भएका थिए। उपाध्यक्षमा विष्णु पौडेल, युवराज ज्ञवाली, महासचिवमा पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली सचिवमा गोकर्ण विष्ट र छविलाल विश्वकर्मा निर्वाचित भएका हुन्।

त्यस्तैगरी पोलिटब्युरोमा घनश्याम भुसाल, मणिचन्द्र थापा, लीला गिरी, दलबहादुर राना, गोकुल घर्ती, बैजनाथ चौधरी, खेममान खड्का, खिमलाल भट्टराई दधिराम न्यौपाने, ठाकुर गैरे, बिमला घिमिरे, शान्त चौधरी, सूर्य थापा चयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077