Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भिआईपीसँग बसेको तस्विर देखाएर मिडियाको नाममा ठगी गर्दै हिड्ने एञ्जिना कार्की पक्राउ

    भिआईपीसँग बसेको तस्विर देखाएर मिडियाको नाममा ठगी गर्दै हिड्ने एञ्जिना कार्की पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २७ मंसिर २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । पत्रकारको भेषमा विगत लामो समय देखि विभिन्न व्यक्ति तथा सहकारीबाट रकम असुल्दै आएकी एन्जीना कार्की पक्राउ परेकी छिन् ।

    मंसिर २२ गते नै पक्राउ परेकी कार्कीलाई अहिले सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको छ । उनलाई महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले बसन्तपुरबाट १ लाख नगदसहित पक्राउ गरेको थियो ।



    आफूलाई भारतीय टेलिभिजन जी न्यूजको पत्रकार बताउने कार्कीले अहिले जी न्यूज भने छाडिसकेकी छन् । कार्कीले भिआईपीहरुसँग बसेको फोटो देखाएर पत्रकारको नाममा ठगी गर्दै आएकी थिइन् । आफ्नो सम्बन्ध भारतीय दूताबाससँग पनि राम्रो भएको बताउने उनीमाथि सहकारीमात्र नभई व्यक्तिसँग पनि रकम असुली गर्दै आएको आरोप छ ।



    एक सहकारीलाई लामो समय देखि ठूलो रकम माग्दै आएकी एन्जिनाले ८ लाख बैंक मार्फत लिएको र विभिन्न समयमा गरेर ७ लाख लिइसकेकाे खुलेको छ । त्यसपछि पनि कार्कीले रकम माग्न नछाडेपछि सहकारीले प्रहरीलाई खवर गरेको थियो । त्यहि बेला एन्जिनालाई प्रहरीले स–प्रमाण पक्राउ गरेको हो ।

    एन्जिनाले तीन वर्ष तराइ टेलिभिजनमा काम गरेकी थिइन् । त्यस पछि हिमाल टेलिभिजन हुँदै भारतको जि टिभीमा नेपालबाट स्टीन्जरको रुपमा कार्यरत थिइन् ।

    भारतिय टेलिभिजन जि–टिभीमा काम गरेपछि उनीले नेपाल रहेर केही अनलाइन न्यूज पोर्टलसँग मिलेर सहकारीहरुबाट पैसा असुल्ने काम शुरु गरेकी थिइन् । अहिले कुनै पनि संचार माध्यममा आवद्ध नरहेकी उनले पत्रकारिता पेशाको नाममा ठगी धन्दा भने चलाई रहेकी थिइन् ।

    एक साताअघि मात्र उनले, आजकै मितिदेखि भारतको चर्चित च्यानल जि न्युजसँग विश्राम लिएको छु बाँकि अर्को भेटमा’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन् । यसबाट उनी अहिले जिन्यूजसँग सम्बन्धित नरहेको पनि थाहा भएको छ ।

    जनसेवा प्रहरीले म्याद थप गरेर उनीमाथि अनुसन्धान जारी राखेको जनाएको छ । उनको फेसबुक वाल खोलेर हेर्यो भन्यो भिआईपीहरुसँग खिचेका फोटोहरुले भरिएको देखिन्छ । तिनै फोटोहरु देखाएर उनले ठगी गर्दै आएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार