Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ

    म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १९ चैत्र २०७८
  • 1.6K
    SHARES

    सर्लाही । सर्लाहीमा म्यादी प्रहरीमा भर्ना गराई दिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    चन्द्रनगर गाउँपाकिला वडा नम्वर ७ बस्ने ३१ वर्षीय दिपेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।



    स्थानीय तहको निर्वाचन २०७९ लागि म्यादी प्रहरी भर्नाका लागि दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिहरूसँग उनले ५ हजार देखि ७ हजार सम्म रकम लिएको आरोप छ ।



    म्यादीमा लगाइदिन्छु भन्दै रकम लिएको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार