Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • पोर्चुगल पठाईदिन्छु भन्दै २७ लाख ठगी गर्ने आचार्य पक्राउ

    पोर्चुगल पठाईदिन्छु भन्दै २७ लाख ठगी गर्ने आचार्य पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 789
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पोर्चुगल पठाईदिन्छु भन्दै लाखौ ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिका ७ घर भई भक्तपुरको गठ्ठाघर तिनकुने बस्ने ३८ वर्षिय सञ्जिव आचार्य रहेका छन् । पक्राउ परेको आचार्यले उमेश अधिकारीसहित ४ जनालाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई दिने भन्दै २७ लाख ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



    आचार्यले मासिक १ लाख रुपैयाँ कमाई हुने भन्दै पीडितहरुसंग प्रति व्यक्ति १२ लाख रुपैयाँ मागेका थिए । आचार्य ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।



    पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आचार्यलाई आज गठ्ठाघरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका आचार्यलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले  जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार