Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • अरूको नागरिकता प्रयोग गरेर ६० लाखभन्दा बढीको ठगी, सन्जुसहित तीन जना पक्राउ

    अरूको नागरिकता प्रयोग गरेर ६० लाखभन्दा बढीको ठगी, सन्जुसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 291
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अरूको नागरिकता प्रयोग गरी सामाजिक सञ्जालमार्फत ठगी गर्ने ३ जनालाई पक्राउ​ गरेको छ ।

    पक्राउ पर्नेमा झापाको अर्जुनधारा-९ की रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेली, बुद्धशान्ति-२ का निश्चल पोर्तेल र माई नगरपालिका-५ इलामका धनबहादुर विक रहेका छन् ।



    सन्जु पौडेलीले रश्मी विश्वकर्माको नागरिकतामा आफ्नो फोटो टाँसेर विभिन्न १६ वटा बैंकमा खाता खोलेर कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।



    उनले ६० लाख ५५ हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । उजुरी अझै बढ्न सक्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेलीले आफूलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कुरियरको सिनियर अधिकृत बताउने गरेकी थिइन् ।

    उनले विगत २ वर्षदेखि ठगी गरिरहेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार