Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

२ वर्षीया बालिकाको शव गाडिएको अवस्थामा फेला

विराटनगर । मोरङमा गाडिएको अवस्थामा २ वर्षीया बालिकाको शव फेला परेको छ। रंगेली नगरपालिका–२ मा खाल्डो खनेर गाडेको अवस्थामा मंगलबार दिउँसो बालिकाको शव फेला परेको हो।

प्रहरीका अनुसार २ वर्षीया निशा उराउको शव भेटिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट हत्यापछि खाल्डो खनेर शव गाडेको हुनसक्ने देखिन्छ। निशा ३ दिनदेखि बेपत्ता रहेको उनले बताए।

आइतबारदेखि बेपत्ता भएकी बालिकाको खोजी गर्ने क्रममा खाल्डो खनेर पुरेको अवस्थामा अभिभावकले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए। छोरी हराएपछि बाबुआमाले प्रहरीमा उजुरी गरेका थिए।

डीएसपी श्रेष्ठका अनुसार खाल्डोभित्र बालिकाको शव भेटिएपछि अनुसन्धानका लागि प्रहरीको विशेष टोली खटाइएको छ।

घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले उत्खनन् गरेर खाल्डोबाट शव बाहिर निकाल्दै पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल पठाएर घटनाको अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077