Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

उपप्रधानमन्त्रीको सौदाबाजीबारे प्रकाशमानले मुख खोले, दिए यस्तो प्रष्टिकरण

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिको दोस्रो चरणको चुनावमा आफूले उम्मेदवार शेरबहादुर देउवालाई निःशर्त सहयोग गरेको बताएका छन्।

उपप्रधानमन्त्रीका पाउने शर्तसहित उनले देउवालाइृ सहयोग गरेको आरोप लागेपछि उनले यस्तो स्पष्टिकरण दिएका हुन्। उनले केही सञ्चारमाध्यममा आफूलाई जोडेर भ्रमपूर्ण समाचार आएको भन्दै त्यसमा आफ्नो ध्यानाकर्षण भएको एक प्रेस नोटमार्फत बताएका छन्।

‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्टेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ’, उनले भनेका छन्, ‘कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपील गर्दछु।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077