Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

दोस्रो चरणको मतदान सकियो, राती ११ बजेबाट मतगणना

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतदान सकिएको छ। केही समयअघि मतदान सकिएको निर्वाचन समितिले जनाएको छ। चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका छन् ।

४७४३ महाधिवेशन प्रतिनिधि रहेकोमा पहिलो चरणमा ४६८१ जनालेमात्र मतदान गरेका थिए। दोस्रो चरणमा अझ कम महाधिवेशन प्रतिनिधिले मतदान गरेका हुन्।

सोमबार भएको मतदानमा सभापतिका ५ उम्मेदवार मध्ये कसैले पनि विजयी हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा धेरै ल्याउन सकेका थिएनन्। मंगलबार पुनः सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो।

सबैभन्दा धेरै मत ल्याउने शेरबहादुर देउवा र डा शेखर कोइराला दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेका छन्। प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पहिलो चरणको मतदानपछि प्रतिस्पर्धाबाट बाहिरिएका छन्।

मंगलबार राति ११ बजेपछि सभापतिको मतगणना शुरु हुने बताइएको छ। १३४ सिट मध्ये २ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्। १३२ सिटका लागि भएको मतदानको गणना भएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077