Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

९०० मत गनियो : खड्काले लिए अग्रता, कसको कति मत ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले उपसभापतिको मतगणना जारी रहेको छ । ९ सय मतगणना हुँदा पूर्ण बहादुर खड्काले अग्रता लिएका छन् ।

उनले ३९५ मत प्राप्त गरेका छन् । यसअघि अग्रता बनाइरहेका धनराज गुरुङ अहिले दोस्रोमा झरेका छन् । उनले ३९२ मत ल्याएका छन् । यस्तै विजय कुमार गच्छदारले ३५५ मत प्राप्त गरेका छन् । चन्द्र भण्डारीले ३५१ मत ल्याएका छन् ।

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्। उनी दोस्रो चरणको मतदानमा प्रतिस्पर्धी शेखर कोइरालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि सभापति बनेका हुन्।

पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत कटाउन नसकेपछि सभापतिका चयनका लागि दोस्रो चरणमा मतदान भएको थियो। सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई साथ दिएका थिए।

उपसभापतिको मतगणना सकिएपछि बिहीबार महामन्त्रीको मतगणना हुने निर्वाचन समितिले जानकारी दिएको छ। महामन्त्रीका लागि गगन थापा, मिनेन्द्र रिजाल, प्रदीप पौडेल, प्रकाशशरण महत, विश्वप्रकाश शर्मा र राजाराम कार्कीबीच प्रतिस्पर्धा भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077