Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

गच्छादारलाई २ मतले हराउँदै उपसभापति बनेपछि धनराज गुरुङले के भने ?

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भए।

खड्का सर्वाधिक मत ल्याएर विजयी हुँदा गुरुङले भने अर्को प्रतिस्पर्धी विजय गच्छादारलाई २ मतको अन्तरले मा हराए।

उपसभापतिमा निर्वाचित भएपछि गुरुङले सभापति शेरबहादुर देउवाको अनुभव र आफूहरुको जोश, जाँगरका आधारमा पार्टी अगाडि बढ्ने बताएका छन्।

पार्टीमा अब निर्वाचनका क्रममा बनेका प्यानल नरहने बताउँदै उनले सबै मिलेर पार्टीलाई एकढिक्का बनाउने जानकारी दिए। ‘सभापतिको अनुभव र हाम्रो जोश जाँगरले पार्टी रुपान्तरण हुन्छ’ उनले भने, ‘अब सभापतिज्यूले पनि हामीलाई न्यायोचित जिम्मेवारी दिनुपर्छ, हामी पनि भागवण्डा खोज्दैनौं।’

निर्वाचनमा हारजित स्वाभाविक हुने भन्दै उनले यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्ने बताए। ‘निर्वाचनमा एक पक्षले जित्छ, अर्को पक्षले हार्छ। यसलाई स्वभाविक रुपमा स्वीकार गरेर पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077