Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सबैको ध्यान कांग्रेस महामन्त्रीमा, कसको सम्भावना बलियो ?

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा चयन भएका छन्। पहिलो चरणको मतदानमा ५० प्रतिशत मत नकटेपछि दोस्रो चरणको मतदानमा शेखर कोइरालाई पछि पार्दै उनी सभापतिमा निर्वाचित भएका हुन्।

त्यस्तै उपसभापतिमा देउवा प्यानलका पूर्णबहादुर खड्का र कोइराला प्यानलका धनराज गुरुङ विजयी भएका छन्।

सभापति र उपसभापतिको टुंगो लागेसँगै हाल सबैको ध्यान महामन्त्री को बन्ला भन्नेतिर खिचिएको छ। २ महामन्त्रीका लागि ६ चर्चित युवा नेताहरुको उम्मेदवारी परेको छ।
महामन्त्री पदमा डा. मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, राजाराम कार्की र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन्। मतदान भइसकेको छ भने अब त्यसको गणना पनि शुरु हुँदैछ।

कांग्रेस महामन्त्री रेसमा रहेका युवा नेताहरु पछिल्ला समय चर्चामा रहेका नेताहरु हुन्। कांग्रेसलाई गति दिन सक्ने नेताका रुपमा आशा गरिएका उनीहरुको महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक नै हुनेछ।

रिजाल र थापाले कोइराला समूहबाट उम्मेदवारी दिएका थिए। तर उनीहरुको प्यानलले सभापतिमा हारिसकेको छ। यस्तोमा प्यानलगत रुपमा थापा र रिजाल स्वतः कमजोर देखिइसकेका छन्। पौडेल सिटौला समूहका भए पनि देउवासँग कुरो मिलेपछि महतसँगै संस्थापन समूहको महामन्त्रीका उम्मेदवार बनेका हुन्। सभापतिका देउवाको जित भएसँगै उनीहरु हौसिएका छन्।

त्यस्तै कार्कीले भने निधिकाके प्यानलबाट उम्मेदवारी दिएका थिए। उनी प्रतिस्पर्धामा आउने सम्भावना न्यून देखिएको छ। शर्माले संस्थापन समूह नअटाएपछि अन्तिम समयमा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका थिए। उनी महामन्त्रीका बलिया उम्मेदवार हुन्।

महामन्त्रीमा कार्कीबाहेकका नेताबीच कडा प्रतिस्पर्धा हुने सहज अनुमान गर्न सकिन्छ। कांग्रेसमा महाधिवेशन प्रतिनिधिले व्यक्ति छान्ने गरी विवेक भने कमै प्रयोग गर्ने गरेको पाइन्छ। यसकारण गुटगतरुपमा भोट खसेको अवस्थामा महत र पौडेलको सम्भावना बढेको देखिन्छ।

व्यक्तिगत रुपमा गगन र विश्वप्रकाश अन्य नेताको तुलनामा बडी चर्चामा छन्। भोट माग्दै गर्दा पनि २ कांग्रेसजनमा दुई नेताको लोकप्रियता राम्रैसँग झल्किएको थियो। यसकारण प्रतिनिधिले व्यक्ति छान्ने गरी विवेक प्रयोग गरेको अवस्थामा यी दुईको सम्भावना बलियो छ। गुटगत रुपमा भने शर्मा निकै कमजोर देखिएका छन्।

उपसभापतिको नतिजालाई हेर्ने हो भने प्रतिनिधिले गुटसँग व्यक्तिविशेषलाई पनि ध्यान दिएको पाइएको छ। यस्तोमा महामन्त्रीमा विश्वप्रकाश, गगन र प्रदीप पौडेदबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077