Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

पश्चिमी न्यून चापीय प्रणालीको असर : यी स्थानहरुमा हिमपात

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानबाट नेपालको सुदूर पश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा रहेको छ। यसका कारण सुदूर पश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्का हिमपात हुने सम्भावना रहेको छ।

साथै सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीका कारण आगामी दिनहरूमा तापक्रममा समेत गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको छ। आउँदो शनिवार साँझबाट क्रमशः मौसममा बिस्तारै सुधार हुँदै जाने देखिन्छ।

यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउनु महाशाखाको अनुरोध छ ।

अहिले प्रदेश नं १ र बाँकी पहाडी भू–भागहरुमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077