Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना: सभापति देउवा पक्षका चार जनाको अग्रता (अपडेट)

    कांग्रेसका पाँच सहमहामन्त्रीको मतगणना: सभापति देउवा पक्षका चार जनाको अग्रता (अपडेट)

    अनलाइन नेपाल
  • शुक्रबार, २ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडाैं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी सहमहामन्त्री पदको मतगणना जारी रहेको छ ।

    कांग्रेस निर्वाचन समितिका अनुसार अहिले मतगणना भइरहेकाे बेला पाँच सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा पक्षका चार जना उम्मेदवारले अग्रता लिइरहेका छन्



    जसअनुसार मुस्लिमतर्फको सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा प्यानलका फर्मुल्लाह मन्सुर अगाडि रहेका छन् । १२५८ मतगणना हुँदा मन्सुरले ७२३ मत पाएका छन् भने शेखर कोइराला समूहका शेख वकिलले ५२९ मत ल्याएका छन् ।



    यस्तै, खस/आर्यतर्फको सहमहामन्त्रीमा सभापति देउवा प्यानलका किशोरसिंह राठौर अगाडि छन् ।

    यसैगरी, मधेशीतर्फको सहमहामन्त्रीमा पनि सभापति देउवा समूहकै महेन्द्र यादवले अग्रता लिएका छन् । ९०० मत गणनामा महेन्द्रले ५३० मत पाएका छन् ।

    यस्तै, कोइराला समूहका रामकृष्ण यादव ३९१ मतसहित उनलाई पछ्याइरहेका छन्। अर्का उम्मेदवार रञ्जित कर्णले १०८ मत पाएका छन् ।

    थारू क्लस्टरको सहमहामन्त्रीमा पनि देउवा समूहका उमाकान्त चौधरीले अग्रता लिएका छन् । १ हजार मत गणनामा उमाकान्तले ५४२ मत पाउँदा कोइराला पक्षका तेलुलाल चौधरीले ४४२ मत पाएका छन् ।

    यता, पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा भने कोइराला प्यानलका बद्री पाण्डे अगाडि रहेका छन् ।प्रारम्भिक मतगणनामा उनले कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका देउवा समूहका उम्मेदवार जीवनबहादुर शाहीलाई पछि पारेको निर्वाचन समितिले जनाएको छ।

    ११३ गणना गर्दा बद्री पाण्डेले ६४ र शाहीले ४७ मत पाएका छन् भने कुनै पनि समूहमा नरहेका चेतराज बरालले २ मत ल्याएका छन् ।

    यसअघि बिहीबार महिला, दलित र आदिवासी/जनजातितर्फका सहमहामन्त्रीको परिणाम आएको थियो । जसमा दुई जना देउवा पक्ष र एक जना कोइराला पक्षका विजयी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार