Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेस सहमहामन्त्री: मुस्लिमतर्फ देउवा पक्षका फरमुल्लाह निर्वाचित

काठमाडौं।  नेपाली कांग्रेस मुस्लिमतर्फको सहमहामन्त्रीमा बाराका फरमुल्लाह मन्सुर बिजयी भएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार शुक्रबार सम्पन्न मतगणनामा शेख वकिललाई पराजित गर्दै फरमुल्लाह विजयी भएका हुन् ।

बिजयी फरमुल्लाह सभापति शेरबहादुर देउवा पक्षका हुन् । उनले २,७७६ मत ल्याए भने कोइराला पक्षका वकिलले १,८७१ मत पाए ।

अहिले थारू, मधेसी, खस/आर्य र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ ।

यसअघि बिहीबार महिला, दलित र आदिवासी/जनजाति क्लस्टरका सहमहामन्त्रीको मतपरिणाम आएको थियो । जसमा दुई जना देउवा समूहका र एक जना कोइराला प्यानलकाले जित हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077