Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

यस्तो बन्यो देउवा नेतृत्वको कांग्रेस पदाधिकारी टिम, दुई जनाबाहेक सबै नयाँ

काठमाडौं । सोमबार सम्पन्न महाधिवेशनबाट नेपाली कांग्रेसका पदाधिकारीहरुमाम दुई जनाबाहेक सबै नयाँ अनुहार आएका छन्। आज सबै क्लस्टरका सहमहामन्त्रीको परिणाम आएपछि कांग्रेसका १३ पदाधिकारीको टुंगो लागेको हो।

जसअनुसार सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव, उमाकान्त चौधरी र बद्रि पाण्डे निर्वाचित भएका छन्। उनीहरूमध्ये देउवा र खड्कामात्रै यसअघि पदाधिकारीमा थिए।

कांग्रेसको १३ औं महाधिवेशनमा कांग्रेस पदाधिकारी ८ सदस्यीय थियो। सभापति, २ जना उपसभापति, २ जना महामन्त्री, दुई जना सहमहामन्त्री र कोषाध्यक्ष पदाधिकारी थिए।

कांग्रेसको अघिल्लो कार्यसमितिमा सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का र शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री प्रकाशशरण महत र सुनिल थापा थिए।

निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गरेर कोषाध्यक्ष मनोनित गर्ने विधानको व्यवस्था छ। कोषाध्यक्ष पनि कांग्रेस पदाधिकारी हुन्छन्। पदाधिकारीको बैठकमा पार्टी प्रवक्ता पनि सहभागी हुन पाउँछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077