Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्री शाही सहमहामन्त्रीमा पराजित

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका कांग्रेस नेता जीवनबहादुर शाही सहमहामन्त्रीमा पराजित भएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत हालै सम्पन्न निर्वाचनमा पीछडिएको क्षेत्रका लागि सहमामन्त्रीमा उम्मेदवारी दिएका शाही बद्री पाण्डेसँग पराजित भएका हुन् ।

शेखर कोइराला पक्षका पाण्डेले चुनाव जित्दा संस्थापन पक्षका शाही पराजित भएका हुन् । पूर्वपर्यटन तथा संस्कृति उड्डयनमन्त्रीसमेत रहेका शाही पार्टीमा केन्द्रीय सदस्य थिए ।

पाण्डेले २ हजार ४११ मत ल्याउँदा शाहीले २ हजार १३३ मत मात्र ल्याए । यसअघि संघीय सरकारको संस्कृति तथा पर्यटन उड्डययनमन्त्री बनिसकेका शाही पार्टीमा सभापति देउवा निकट नेताको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077