Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एकैपटक १२५ शिक्षकको सरुवा

    एकैपटक १२५ शिक्षकको सरुवा

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ।  वीरगञ्ज महानगरपालिकाले एकैपटक १२५ शिक्षकको सरुवा गरेको छ । विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र  पदस्थापन गरेको हो  ।

    महानगरपालिका , शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो ।



    महानगरपालिकाअन्तर्गत कूल ३२ वडामा प्रावि, निमावि र मावि गरी ९९ सामुदायिक विद्यालयमा करिब ८०० शिक्षक कार्यरत छन् ।



    विद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको निवेदन र गुनासोमाथि मध्यनजर गर्दै विद्यालयलाई राम्रो पठनपाठनको थलो बनाउन यस्तो कदम चालिएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार