Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • देशभरका शिक्षकहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै

    देशभरका शिक्षकहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 960
    SHARES

    काठमाडौं । देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दैछन् । विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्न लागेका हुन्।

    आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौं आएकाछन् ।



    महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।



    महासङ्घको आन्दोलनले देशभरको पठनपाठन प्रभावित बन्ने भएको छ । महासङ्घले आन्दोलनका कारण प्रभावित भएको पठनपाठन पछि अतिरिक्त समयमा पढाएर पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।

    विद्यालय बन्द गर्नु आफूहरूको रहर नभएर बाध्यता भएको भन्दै अभिभावक तथा विद्यार्थीहरूलाई आफ्नो मर्का बुझिदिन आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार