Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • शिक्षकको तलबमा १ खर्ब ७ अर्ब, खै त गुणस्तरीय शिक्षा ?

    शिक्षकको तलबमा १ खर्ब ७ अर्ब, खै त गुणस्तरीय शिक्षा ?

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 636
    SHARES

    काठमाडौं । स्थानीय तहमा विनियोजित रकममध्ये शिक्षकको तलबमा १ खर्ब ७ अर्ब रुपियाँ खर्च हुने भएको छ । आगामी आवमा स्थानीय तहमा विनियोजित १ खर्ब ३५ अर्ब ८० करोड १९ लाखमध्ये झन्डै ८० प्रतिशत रकम शिक्षक तलबमा खर्च हुन्छ ।

    शिक्षक कर्मचारी तलबबापत १ खर्ब ७ अर्ब ३५ करोड ५ लाख खर्च हुनेछ । देशभर दरबन्दी, अस्थायी, राहत, करार, निजीस्रोत, बालविकास गरी करिब ३ लाख शिक्षक कार्यरत छन् ।



    यिनै ३ लाख शिक्षकलाई तालिम सञ्चालन गर्न १५ करोड रुपियाँ छुट्याइएको छ तर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर संस्थागत विद्यालयको तुलनामा निकै कम देखिन्छ । तलब मात्रै खाने कि गुणस्तरमा पनि ध्यान दिने भन्ने विषय जल्दोबल्दो रूपमा आउन थालेको छ ।



    शिक्षकको निवृत्तिभरण रकम संघीय सरकारले व्यवस्थापन गर्ने गरेको छ । निवृत्तिभरण सुविधाबापत १८ अर्ब ६६ करोड ७ लाख रुपियाँ खर्च खर्च हुनेछ ।

    स्थानीय तहमा विनियोजित तलबमध्ये विद्यार्थी प्रोत्साहन शीर्षकमा १५ अर्ब १७ करोड १८ लाख रुपियाँ विनियोजन गरिएको छ । स्थानीय तहमा विनियोजित बजेटको ११ दशमलव १७ प्रतिशत रकम विद्यार्थी प्रोत्साहन शीर्षकमा खर्च हुन्छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार