Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिरहाको गोलबजार तनावग्रस्त: घटनाको विरोधमा राजमार्ग अवरुद्ध

    सिरहाको गोलबजार तनावग्रस्त: घटनाको विरोधमा राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.5K
    SHARES

    रामनारायण यादव / सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नम्वर ६ डोहटियामा छुरा प्रहारबाट एकजनाको हत्या र एक जनालाई घाइते बनाएको घटनाको विरोधमा स्थानीयहरु आन्दोलित भएका छन् । आन्दोलित डोहटिया टोलका बासिन्दाहरुले गोलबजारस्थित पूर्व–पश्चिम राजमार्ग अबरूद्ध पारेका हुन् ।

    उनीहरु इलाका प्रहरी कार्यालय गोलबजार अगाडि र राजमार्गको विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरु बजार समेत बन्द गराउँदै हिँडेका छन् ।



    घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने, घाइतेको निः शुल्क उपचार, पीडित परिवारलाई क्षतिपूर्तीसहितको माग राखेर उनीहरु आन्दोलन सुरु गरेका छन् । आन्दोलनका कारण सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका छन्।



    शनिवार राति घर जाने क्रममा गोलबजार नगरपालिका वडा नम्वर ६ डोहटियाका अन्दाजी २६ वर्षीय रामकुमार सदाय र १९ वर्षिय निकेश सदायमाथि अपरिचित यूवाहरुको समूहले छुरा प्रहार गरेका थिए । छातीमा छुरा लागेका रामकुमारको मृत्यु भएको छ ।

    घाइते निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ । उनको अबस्था पनि गम्भीर रहेको बताइएको छ । घटनामा संलग्नको पहिचान हुन नसकेको र अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार