Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • बैंक भित्र सामान्य विवाद, पैसा निकालेर बाहिर निस्कने बेला छुरा प्रहार

    बैंक भित्र सामान्य विवाद, पैसा निकालेर बाहिर निस्कने बेला छुरा प्रहार

    अनलाइन नेपाल
  • बिहिबार, ४ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    मोरङ । विराटनगरको ट्राफिक चोकमा युवकमाथि छुरा प्रहार भएको छ । मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१५ का ३२ वर्षीय राहुलकुमार रायमाथि बिहीबार दिउँसो छुरा प्रहार भएको हो ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ग्लोबल आइएमई बैंकबाट पैसा निकालेर बाहिर निस्कने क्रममा उनीमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट रायको हातमा चोट लागेको छ ।



    उनको विराट नर्सिङहोममा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै छुरा प्रहार गरेको आरोपमा प्रहरीले विराटनगर-१२ का दिपेन्द्र कामत घटनापछि भाग्दै गरेको अवस्थामा चक्कुसहित पक्राउ परेका छन् ।



    कामतले सामान्य विवादमा राहुलमाथि छुरा प्रहार गरेका प्रहरी अनुसन्धानबाट खुलेको छ । कामत र रायबीच बैंक भित्र विवाद भएको बुझिएको छ । घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार