Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • छुरा प्रहार गरी छिमेकीको हत्या, फरार अभियुक्त खोज्दै प्रहरी

    छुरा प्रहार गरी छिमेकीको हत्या, फरार अभियुक्त खोज्दै प्रहरी

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 909
    SHARES

    फाइल तस्विर

    रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको गौर नगरपालिका ७ सिसवा गाउँका ३५ वर्षीय शेख कबिरले छुरा प्रहार गरी छिमेकी ५० वर्षीय यार महदम खानको हत्या गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गए राति १० बजे दुवैजना बीच केही विवाद हुँदा कविरले खानको पेटमा छुरा प्रहार गरेका थिए ।



    पेट र मुटुमा गम्भीर चोट लागेका खानलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।



    आरोपी कबीर फरार रहेका छन् । हत्याका अभियुक्त मानसिक रोगी रहेको र उसको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार