Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भनाभन हुँदा पत्नीलाई छुरा प्रहार, श्रीमान पक्राउ

    भनाभन हुँदा पत्नीलाई छुरा प्रहार, श्रीमान पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकाको ओक्लोहामा राज्यमा आफ्नी पत्नीलाई छुरा प्रहार गर्ने एकजना पक्राउ परेका छन् ।

    ती पुरुषले भनाभन भएपछि पत्नीलाई छुरा प्रहार गरेका थिए । आफ्नी आमालाई जोगाउने प्रयास गर्दा उनीहरूका १२ वर्षीय छोरा पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ ।



    स्थानीय समयअनुसार २२ अगष्टको साँझ ६ बजे ओक्लोहामाको एनिडमा एकजना महिलामाथि छुरा प्रहार भएको खबर स्थानीय प्रहरीलाई प्राप्त भएको थियो ।



    रगताम्य हालतमा शयनकक्षमा भेटिएकी ३२ वर्षीया महिलालाई हेलिकोप्टरमा राखेर अस्पताल पुर्‍याइएको थियो ।

    पत्नीको नक्कली ‘एयरर पोड्स’लाई लिएर विवाद चर्केपछि सो हिंसा भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार