Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिरहाको गोलबजार घटना: पीडित र प्रशासनबीच सहमति, अवरुद्ध राजमार्ग खुल्यो

    सिरहाको गोलबजार घटना: पीडित र प्रशासनबीच सहमति, अवरुद्ध राजमार्ग खुल्यो

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 900
    SHARES

    सिरहा । पीडित र प्रशासनबीच सहमति भएपछि पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा आएको छ ।

    छुरा प्रहार गरी हत्या गरीएको घटनाको विरोधमा सिरहाको गोलबजारमा विहान ८ बजदेखि नै अवरुद्ध पारिएको पूर्व–पश्चिम राजमार्ग १२: ३० बजे पछि सञ्चालमा आएको हो ।



    पीडितलाई क्षतिपूर्तिको पहल गर्ने, घाईतेको निःशुल्क उपचार गर्ने र घटनामा संलग्नलाई पक्राउ गर्ने सहमति प्रशासनले आन्दोलनकारीसँग गरेपछि राजमार्ग खुलेको हो । राजमार्ग खुलेपछि अलपत्र परेका सवारी र यात्रुहरु गन्तव्यतर्फ लागेका छन् ।



    शनिवार साँझ गोलबजार नगरपालिका वडा नम्वर ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि छुरा प्रहार गरि हत्या गरेको थियो । रामकुमारको मृत्यु भएको छ भने निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ ।

    घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै आक्रोसित डोहटियाबासी आन्दोलित बनेका थिए । उनीहरुले टायर बालेर राजमार्ग र बजार अवरुद्ध पारेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार