Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ महिला फुटबल: नेपाल भारतसँग पराजित, फाइनलका लागि बंगलादेशको खेल कुर्नुपर्ने

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ।

ढाकास्थित सहिद सिपाही मुस्तफा कमल स्टेडियममा आइतबार सम्पन्न खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो। नेपालसंगको जितसँगै भारत फाइनमा प्रवेश गरेको छ।

नेपालले अब फाइनल पुग्न बंगलादेश र श्रीलंकाबीचको खेलको नतिजा प्रतीक्षा कुर्नुपर्छ । आजै हुने यो खेलमा बंगलादेशसँग पराजित भए नेपाल फाइनल पुग्न सक्नेछ । तर, त्यो अवस्थामा गोलअन्तर हेर्नुपर्ने हुन्छ । बंगलादेश साविक विजेता र नेपाल साविक उपविजेता हो ।

५ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालले अघिल्ला ३ खेलमा २ जित र १ बराबरी खेलेको थियो । नेपाल अंक तालिकाको दोस्रो स्थानमा छ ।  भने भारतको ३ जित र १ हारसहित ९ अंक छ । भारत शीर्ष स्थानमा उक्लिएको छ।

नेपालसँग समान अंक भएपनि गोलअन्तरमा पछि रहेको आयोजक बंगलादेश तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077