Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • विश्वप्रकाशलाई आशिर्वाद दिँदै सिटौलाले भने- महामन्त्रीभन्दा माथिल्लो तहमा पुग्नू

    विश्वप्रकाशलाई आशिर्वाद दिँदै सिटौलाले भने- महामन्त्रीभन्दा माथिल्लो तहमा पुग्नू

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले नेता कृष्णप्रसाद सिटौलाबाट बधाई तथा आशीर्वाद ग्रहण गरेका छन् ।

    आइतबार सिटौला निवास चण्डोल पुगेका महामन्त्री शर्मालाई सिटौलाले आशीर्वादसहित टीका र खादा लगाइदिएका हुन् । सो क्रममा आशिर्वाद दिँदै सिटौलाले भने, ‘योभन्दा माथिल्लो तहमा पुग्नुहोला । मेरो आशिर्वाद सधैं रहिरहनेछ ।’



    प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा निर्वाचित भएका शर्माले चार दिन पछि सिटौलालाई भेटेका हुन् ।



    शर्मा पुस १ गते महामन्त्रीमा निर्वाचित भएका थिए ।

    काँग्रेसका पूर्वमहामन्त्री सिटौला र नवनिर्वाचित महामन्त्री शर्माको गृहजिल्ला झापा नै हो ।

    काँग्रेस राजनीतिमा सिटौला र शर्माबीच चर्को प्रतिस्पर्धा रहँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार