Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस महाधिवेशन : खुला ३५ केन्द्रीय सदस्यमा ५० प्रतिशत नयाँ अनुहार

काठमाडौँ । नेपाली कांग्रेसको खुला ३५ सिटका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा आइपुग्दा ५० प्रतिशत नयाँ अनुहार आउने देखिएको छ ।

अघिल्लो साताको भएको निर्वाचनको मतगणना अन्तिम चरणमा आइपुग्दा ५० प्रतिशत नयाँ अनुहारले केन्द्रीय सदस्यमा प्रतिनिधित्व जनाउने देखिएको हो ।

मतपरिणाम सार्वजनिक भइसकेको ३५९५ को मतगणनाअनुसार ३५ जनाको लिस्टभित्र उदयशमशेर राणा, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल, सञ्जयकुमार गौतम, डा। गोविन्दराज पोखरेल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, दिनेश कोइराला, अजयबाबु सिवाकोटी, मोहन आचार्य, गणेश लामा, उमेशजंग रायमाझी र कृष्णकिशोर घिमिरे अटाएका छन् ।

साथै टप ४० भित्र रहेर ३५ जनाको लिस्ट उक्लिने गरी मनोजमणि आचार्य, विरेन्द्रकुमार कनौडिया, केदार कार्की, मंगलप्रसाद थारू र यज्ञबहादुर थापाले पछ्याइरहेका छन् ।

उनीहरू पहिलो पटक केन्द्रीय सदस्य बन्न लागेका हुन् । यसअघिका महाधिवेशनमा सदस्यमा पराजित भएका केही नेताहरूले यसपटक केन्द्रीय सदस्यमा स्थान सुरक्षित गर्ने सम्भावना बढेको हो ।

मतगणनाको अन्तिम परिणाम केही बेरमा सार्वजनिक गर्ने तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077