Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस केन्द्रिय सदस्यमा गणेश लामाले मारे बाजी

काठमाडौँ। गणेश लामा नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न मतगणनामा उनी निर्वाचित भएका हुन्।

उपसभापतिमा विजय गच्छदार २ मतले पराजित हुँदा गच्छदार निकट गणेश लामा खुला तर्फ केन्द्रीय सदस्यमा विजय भएका छन् । ९९ जनामध्ये लामा ६४ जनालाई उछिन्दै ३५ जनाको कोटाभित्र पर्न सफल भएका छन् ।

फोरमबाट आएका दुबैको सार्वजनिक छवि भने राम्रो छैन । गच्छदार बालुवाटार जग्गा अनियमितता प्रकणमा मुछिएका छन् भने लामा गुण्डा नाइकेका रुपमा परिचित छन् । राजनीतिमा आएको धेरै भए पनि लामालाई अझै पनि धेरैले पुरानै परिचय गुण्डा नाइके भनेर चिन्छन् । जे होस् फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार हारे पनि सो पार्टीका केन्द्रीय सदस्य लामालाई कांग्रेस प्रतिनिधिले पनि केन्द्रीय समितिमा राम्रै मत दिएर राजनीतिज्ञका रुपमा अनुमोदन गरेका छन् ।

त्यसो त कांग्रेसले लामालाई यसअघि प्रदेशसभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाएको थियो । तर पराजित भए । संसदीय राजनीतिक प्रतिस्पर्धामा सुरुमै पराजय भोगेका लामाले पार्टीभित्रको प्रतिस्पर्धामा भने सफलता हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077