Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

३ सय ३३ ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाएर लैजान लागेको करिब ३ सय ३३ ग्राम सुन जस्तो देखिन पहेंलो धातुसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राहदानी नम्बर ईएन ०९८७८१ भएका ३५ वर्षीय बंगलादेशी नागरिक अस्राफुल इजलाम रहेका छन् । इजलामलाई आइतबार दिउँसो विमानस्थल प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार हिमालयन एअरलाईन्सको उडानद्वारा बंगलादेश जान लागेका उनलाई विमानास्थल प्रहरीले व्यागेज जाँच गर्दा उक्त परिमाणको सुनसहित पक्राउ गरिएको हो।

उनी उपर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट आवश्यक अनुसन्धान एवं कारवाही भइरहेको अन्तर्राराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले
जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077