Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभामा एमाले सांसदहरुको अवरोध कायमै, बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका सांसदको अवरोधपछि राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

सोमबार बसेको बैठकको सुरुमा एमाले सांसद देवेन्द्र दाहालले सदन सुचारु गर्ने विषयमा सरकार पक्षभन्दा बढी प्रतिपक्षी दल गम्भीर हुनुपर्ने भन्दै असन्तुष्टि जनाउँदै बैठक चल्न नसकेको बताए ।

एमालेले कारबाही गरेका व्यक्तिहरू सदनमा रहेको भन्दै दाहालले प्रतिपक्षी दलविनाको सर्वदलीय बैठक बस्नेदेखि विकास निर्माणमा ढिलासुस्ती र महंगी बढिरहेका बेला सरकार चुप लागेर बसेको आरोप लगाए ।

आरोपपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यसबारे ध्यानाकर्षण भएको र प्रतिपक्षी दलको माग सम्बोधन गर्न सम्बन्धित पक्षलाई रुलिङ गर्दै सदन चल्न दिन एमाले सांसदसँग आग्रह गरे ।

तर, एमाले सांसदहरूले उठेर मौन रुपमा विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले भने, ‘आजको कार्यसूचीमा समावेश भएको विषयलाई कार्यसूचीबाट हटाएको व्यहोरा जानकारी गराउँदछु । माननीय सदस्यहरूअब अर्काे बैठक अर्काे सूचनाद्वारा तोकिने गरी यो बैठक स्थगित हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077